हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित चतुर्भुजेश्वर माध्यामिक बिद्यालयका छात्रछात्राहरुलाई शुभराज कडरिया स्मृती पुरस्कार वितरण गरिएको छ ।
बिहिबार हरिवन नगरपालिका–१०, सुखेपोखरी स्थित चतुर्भुजेश्वर जनता माध्यामिक बिद्यालयका ४ जना छात्रछात्राहरुलाई स्मृती पुरस्कार वितरण गरिएको हो । बिद्यालयका दुईजना सर्वोत्कृष्ठ छात्रछात्रा र दुईजना जेहेन्दार, विपन्न छात्राछात्रलाई पुुरस्कार प्रदान गरिएको बिद्यालयका प्रधानाध्यापक टेक बहादुर राउतले जानकारी दिए ।
प्रधानाध्यापक राउतका अनुसार सर्वोत्कृष्ठ तर्फ कक्षा १२ का छात्र निरोज कुमार झा र छात्रा रिमा कुमारी साह तथा विपन्न, जेहेन्दार तर्फ छात्रा शुशिला सार्की र छात्र मानकुमार मोक्तानलाई जनही १०/१० हजार नगद् सहित प्रमाणपत्र प्रदान गरिएको हो । छात्रछात्राहरुलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्य सहित पुरस्कार वितरण गरिएको प्रतिष्ठानले जनाएको छ ।
बिद्यालयको सभाहलमा आयोजित कार्यक्रमका वीच निवर्तमान प्रदेश सांसद डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता तथा प्रतिष्ठनका संरक्षक तथा अध्यक्ष शान्त प्रसाद कडरियाको अध्यक्षतामा मा पुरस्कार वितरण गरिएको हो । यसै विद्यालयका पुर्व छात्र समेत रहेका शुभराज कडरियाको बैदेशिक रोजगारीका लागि कोरियामा रहदा दुघटनामा परेर ज्यान गएको थियो ।
स्वर्गिय कडरियाको स्मृतिमा उहाँको अभिभावकले बिद्यालयमा ५ लाख धनराशीको अक्षयकोष स्थापना गरिदिएका हुन् । सोही कोषबाट गत दुई शैक्षिकसत्र देखी बिद्यालयले उत्कृष्ठ छात्रछात्रालाई पुरस्कृत गर्ने गरिरहेकोे छ ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेती सहित हरिवन नगरपालिकाका न्यायिक समिति सदस्य गितानाथ मैनाली, हरिवन नगरपालिका–९, का निवर्तमान वडाध्यक्ष सिताराम पोखरेल, नेपाल शिक्षक महासंघ हरिवन नगर कमिटि अध्यक्ष पुष्कर बुडाथोकी, बिद्यालयका प्रधानाध्यापक राउत लगाएतले मन्तब्य राखेका थिए ।