Saturday, May 18, 2024

लालबन्दीमा मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दी नगरपालिका स्थित जरुवा पानीमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

गए राती लालबन्दी नगरपालिका–४, जरुवा पानी स्थित निर्माणाधिन रेल्वे ट्रयाकमा ज ११ प ७५४८ नम्बरको मोटरसाईकल दुर्घटना भएको हो । दुर्घटनामा लालबन्दी नगरपालिका–३, जब्दी बस्ने ४५ बर्षका राज कुमार चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक मदन थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भिर घाईते भएका चौधरीलाई लालबन्दी स्थित मोडल अस्पताल पुर्याए पछि चिकित्सकले मृत घोषणा गरेका थिए । चौधरीको सव परिक्षणका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । तिब्र गतीमा रहेको मोटसाईकल रेल्वे ट्रयाकबाट मोटरसाईकल तल खसेको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles