Saturday, November 9, 2024

मुसैलीमा सामाजिक सद्भाव कायम गर्ने सहमती

ताजा / भरखरै प्राप्त

मलंगवा-सर्लाहीको मुसैलीमा सामाजिक सद्भाव कायम गर्ने दुई धार्मिक समुदाय विच सहमती भएको छ ।

जिल्लाको मलंगवा लगाएतका स्थानहरुमा विगत देखीनै हिन्दु र मुस्लिम समुदाय वीच धार्मिक विवाद हुदै आएको थियो । सोही क्रममा गत बुधबार मलंगवा नगरपालिका–७, मुसैलीमा दुई समुदाय विच विवाद भएको थियो । विवाद उग्रबन्दै झडपको अवस्था सृजना भएको भन्दै दुवै पक्षविच छलफल गराईएको हो । छलफलमा दुवै समुदायले सामाजिक सद्भाव कायम गर्न ५ बुँदे सहमती गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको हो ।

हिन्दु र मुस्लिम धर्मको नाममा सर्लाही सदरमुकाम मलंगवा क्षेत्रमा सामाजिक सद्भाव तथा शान्ति सुव्यवस्थामा खलल् पुर्याउने गरेको पाहिएको छ । समाजमा सद्भाव कायम गर्ने बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको अध्यक्षतामा दुवै समुदायका अगुवा बिच छलफल गरिएको हो । छलफलमा दुवै पक्षले अब देखी सामाजिक सद्भाव भड्किने तथा शान्ति सुरक्षामा आचँ पुग्ने गतिविधि नगर्ने सहमती गरेका छन् ।

सामाजिक सद्भाव बिथोल्ने कार्य गर्ने जो कोहीलाई कानुनी कार्वाही गर्न दुवै समुदाय सहमत भएका छन् । शान्ति सुरक्षा कायम गर्न आफ्नो दायित्व पुरागर्ने, सुरक्षा निकायलाई सहयोग गर्ने, जात र धर्मका नाममा असामाजिक कार्यगर्नेलाई कानुनी दायरामा ल्याउन सहयोग गर्ने समेत दुवै पक्षका अगुवाहरुले समहती जनाएका हुन् ।

यस्तै नेपाल सरकार गृहमन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पतीमा हानीनोक्सानी नपुर्याउने, कसैले अटेर गरे मुल्यांकन गरी स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सम्बन्धीत व्यक्ति वा समुहबाट असुल गर्ने, समाजमा रहेका अराजक तत्वको पहिचान गरी सुरक्षा निकायलाई सूचना उपलव्ल गराउने समेत हिन्दु र मुस्लिम समुदायका अगुवाहरुले सहमती गरेका हुन् ।

छलफलमा सुरक्षा निकायका प्रमुख, स्थानीय राजनीतिक अगुवा, धार्मिक अगुवा लगाएतको उपस्थिती रहेको जिल्ला प्रशासन कार्यलय सर्लाहीका कम्प्यूटर अपरेटर मुकेश यादवले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles