हरिवन–मनोकामना बहुउद्देश्य सहकारी संस्था लिमिटेडको मुख्य कार्यलयमा आग्लागी भएको छ ।
आईतवार बिहानीपख सहकारीको हरिवन नगरपालिका–११, कार्यलयमा आगलागी भएको हो । आगलागीबाट सामान्य क्षती भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । ईलाका प्रहरी कार्यलय हरिवनका अनुसार कार्यलय भित्रबाट बिहान एक्कासी धुवाको मुस्लो निस्किएपछी आगोलागेको थाँहा भएको थियो ।
आगो बिद्युतीय उपकरण सर्ट सर्किटबाट सुरु भएको अनुमान गरिएको संस्थाका कर्मचारी सविन अधिकारीले जानकारी दिनुभयो । आगलागीबाट सहकारीको काउण्टर माथि रहेको पंखा, दुईथान सिसि क्यामेरा, एक थान पैसा काउन्टिङ मेसिन, कम्प्यूटर लगाएतका सामानमा क्षती पुगेको पाहिएको उहाँको भनाई थियो ।
क्षतीको एकिन विवरण लिने काम भईरहेको प्रहरीले जनाएको छ । समयमै जानकारी पाएका कारण ठुलो क्षती हुन नपाएको कार्यलयले जनाएको छ । आगो स्थानीय, सुरक्षाकर्मी तथा हरिवन नगरपालिकाको बारुणयन्त्र समेतको सहयोगमा नियन्त्रणमा आएको थियो ।
तराईका मधेशमा ह्वातै बढेको गर्मी तथा बिद्युतीय उपकरणको सही व्यवस्थापन नहुदा आगलागीका जोखिम बढ्दै गएको जानकारहरुको भनाई छ ।