Friday, January 24, 2025

बिना विभागीय मन्त्रीको लुंगेलीलाई श्रम मन्त्रालयको जिम्मेवारी

ताजा / भरखरै प्राप्त

सर्लाही–नेकपा एकीकृत समाजवादीबाट मधेश प्रदेश सरकारको बिना विभागीय मन्त्री बनेकी बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

मन्त्री लुंगेलीले गत वैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ ग्रहण गरेकी थिईन् । उन्ले बिहिबार मन्त्रालयको पदभार ग्रहण गरेकी हुन् । लुंगेली लगातार दोस्रो कार्यकाल सर्लाही क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएकी हुन् ।

यस्तै माओवादी केन्द्रबाट विना विभागीय मन्त्री रहेका भरतप्रसाद साहले अर्थ मन्त्रालय लिने अडानमा छन् । मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत लिनु पूर्व अर्थ मन्त्रालय दिने वचन पूरा गर्नु पर्ने उनको माग छ ।

मुख्यमन्त्री यादवले उनलाई अर्थ नदिएर बाँकी रहेको वन तथा वातावरण मन्त्रालय दिन चाहेका छन् । तर, साहले उक्त मन्त्रालय लिन अस्वीकार गर्दै आएका छन् । जनमतले छाडेको श्रम तथा यातायात मन्त्रालय र लोसपाले छाडेको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्रीले आफैँले राखेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles