Saturday, May 18, 2024

बागमतीका दुई छुट्टा छुटै घटनाका प्रतिवादी कारागार चलान

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीका बागमती नगरपालिका स्थित दुई छुट्टा छुटै घटनाका प्रतिवादी पुर्पक्षकालागि कारागार चलान भएका छन् ।

बागमती नगरपालिका–२, स्थित सितलनगर निवासी ६७ बर्षका हेम बहादुर बस्नेत आफ्नै श्रीमती हत्या प्रयासमा जेल चलान भएका हुन् । बस्नेतले गत चैत २३ गते श्रीमती ६४ की बिष्णु कुमारी बस्नेत खुकुरी प्रहार गरी हत्या प्रयास गरेका थिए । उन्को टाउको, हात, लगाएत शरिरको विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

यस्तै बागमती नगरपालिका–४, जिरायतमा धानचोर्ने उद्देश्यले एक बृद्धाको हत्या गरेका एक प्रतिवादीलाई पनि जिल्ला अदालत सर्लाहीले कारागार चलान गरेको छ । घटनामा संलग्न रौतहट बृन्दावन नगरपालिका–५, नरकटिया बस्ने ३९ बर्षका प्रमोद चौधरीलाई ज्यान मुद्धामा पुर्पक्षको लागि कारागार चलान गरेको हो ।

चौधरीले गत चैत २० गते सर्लाहीको बागमती नगरपालिका–४, जिरायत बस्ने ७० बर्षकी पार्वती देवीको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेका थिए । घटनाको भोली पल्ट चौधरीलाई प्रहरीले बागमती–१, स्थित नहर नजिकैबाट भाग्दै गर्दा पक्राउ गरेर अदालतमा पेस गरेको थियो ।

लागु औषधको दुर्वेसनी रहेका चौधरीले धान चोर्ने क्रममा बृद्धाले प्रतिकार गर्न खोज्दा नजिकै रहेको काठको चिर्पट प्रहर गरेका प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles