बसबरिया–सर्लाहीको बसबरिया गाउँपालिका स्थित भवानीपुरको दलित बस्तीमा भिषण आगलागी भएको छ ।
बसबरिया गाउँपालिका–३, भवानीपुर गाउँमा दिउसो एक्कासी आगलागी भएको हो । आगलागीबाट स्थानीयको ६ वटा फुसको छाना भएको घर जलेर नष्ट भएको छ । भने, ५ वटा घरमा आंशिक क्षती पुगेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
गाउँमा लागेको आगो मलंगवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुलेको छैन् । आगो समयमै नियन्त्रणमा आएकोले ठुलो क्षती हुनबाट जोगिएको वडाध्यक्ष नन्दलाल महतोले बताए ।
आगलागीबाट घरमा रहेको लत्ता कपडा, अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको हो । क्षतीको विवरण संकलन भईरहेको प्रहरीले जनाएको छ । घर जलेर खरानी भएपछि विपन्न दलित परिवारको विचल्ली भएको छ ।