Tuesday, January 21, 2025

फरक फरक घटनामा सर्लाहीमा दुईजनाको ज्यान गयो

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाही सदरमुकाम मलंगवामा घरको छतबाट खसेर एक पुरुषको ज्यान गएको छ । भने, जिल्लाको ब्रह्मपुरीबाट संकास्पद् मृत्यु भएको अवस्थामा एक युवकको सव फेला परेको छ ।

शनिबार बिहानीपख घरको छतबाट खसेर गम्भिर घाईते भएका अन्दाजी ४५ बर्षका सन्तोष राउतको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो । मलंगवा नगरपालिका–१०, घर भएका राउत मलंगवा नगरपालिका–९, स्थित दिनेश राउतको घरमा भाडामा बस्दै आएका थिए ।

अत्यधिक गर्मीका कारण शितलताका लागि खुल्ला छतमा सुतेका कारण राउत लडेको प्रहरीको आशंका छ । उन्को सव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।

यस्तै सर्लाहीको ब्रह्मपुरी गाउँपालिका स्थित मकै बारीका एक युवकको सव फेला परेका छ ।

शनिबार बिहान ब्रह्मपुरी गाउँपालिका–२, निवासी अन्दाजी १८ बर्षका अरविन यादवको सव फेला परेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी श्रेष्ठले जानकारी दिए । घरबाट छ सय मिटरको दुरीमा रहेको मकैबारीमा युवकको सव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

सवको अवस्था हेर्दा घटना गएरातीको जस्तो देखीको प्रहरीले जनाएको छ । अहिले प्रहरी नायव उपरीक्षक श्रेष्ठको कमाण्डमा खटिएको टोलीले घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको जनाएको हो । घटना संकास्पद् देखीएकोले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles