बरहथवा–सर्लाहीको बरहथवा नगरपालिका स्थित पिप्राभित्तामा ट्रयाक्टर दुघंटनामा परेर एक जनाको मृत्यु भएको छ । भने, एकै परिवारका ४ जना घाईते भएका छन् ।
सोमबार मध्यरातमा हरिपुर्वाबाट पिप्राभित्ता जादै गरेको अ प अ १०३७ नम्बरको ट्रयाक्टर बरहथवा नगरपालिका–१५, स्थित नहरको बाटोमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर सोही स्थानका १७ बर्षका राजकुमार सिङको मृत्यु भएको हो । सिंङलाई तत्काल बरहथवा स्थित गोल्डेन अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परेका अन्य चार जना घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । घटनामा मृत्यु भएका युवक र घाईते सबै एकै परिवारको रहेको प्रहरीले जनाएको हो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

