सर्लाही–सर्लाहीको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा परेर गोठ घर र घुम्ती पसल नष्ट भइको छ ।
मंगलबार राती जिल्लाको हरिवन र गोडैतामा भएको आगलागीबाट एउटा गोठ घर र एउटा घुम्ती पसल जलेर नष्ट भएको छ । आगलागीबाट हरिवन नगरपालिका–३, डाबरीका गजेन्द्र चौधरीको गोठ घर जलेर नष्ट भएको हो । राती एक्कासी बिद्युत सर्ट लागेको आगोले सगैँ रहेको चौधरीको घरमा समेत आंशिक क्षती पुगेको प्रहरीले जनाएको छ ।
आगलागीबाट गोठ घरमा रहेका सर सामाग्री जल्दा ३ लाख बराबरको क्षती भएको जिल्ला प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
यस्तै गोडैता नगरपालिका–१०, सिसौटिया बजारमा रहेको रामज्ञान चौधरीको काठको घुम्ती कस्मेटीक पसल पनि आगलागीबाट नष्ट भएको छ । राती एक्कासी लागेको आगोले घुम्ती पसलमा भएको सामाग्री जल्दा ३ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
दुवै स्थानको आगो स्थानीय, प्रहरी र दमकलको सहायतामा नियन्त्रणमा आएको थियो । चर्को गर्मी तथा सुख्खा याम सुरुभए सगैँ जिल्लामा आगलागीको घटना बढ्दै गएको प्रहरीले जनाएको छ ।