Saturday, May 18, 2024

चत्तुरभुजेश्वर बहुमुखीमा युथ रेडक्रस सर्कल गठन

ताजा / भरखरै प्राप्त

सर्लाहीको हरिवन नगरपालिका स्थित चत्तुरभुजेश्वर जनता बहुमुखी क्याम्पसमा युथ रेडक्रस सर्कल गठन भएको छ ।

बुधबार हरिवन नगरपालिका–९, स्थित क्याम्पस परिसरका भएको औपचारिक भेलाले युथ रेडक्रस सर्कल गठन गरेको हो । सामाजिक व्यक्तित्व तथा बागमती सेवा समाजका अध्यक्ष भरत कार्कीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न गरिएको कार्यक्रमका अध्यक्ष एवं युवा रेडक्रस सर्कल हरिवनका सभापति सन्दिप लामाले जानकारी दिए ।

भेलाले एलिसा सेन्जालीको अध्यक्षतामा २७ सदस्य सर्कल टिम गठन गरेको हो । यस्तै उपाध्यक्षमा शत्रुधन राय र मधुमाला साह, सचिवमा पुष्पा बुडाथोकी, सहसचिवमा मनिश दाश र अम्बिका कुमारी बस्नेत, कोषाध्यक्षमा हरिशंकर महतो, सहकोषाध्यक्षमा आकृती श्रेष्ठ र संझना गोले र अन्य सदस्यमा चयन भएका छन् ।

कार्यक्रममा क्याम्पसका स्ववियू सभापति प्रेमराज दहाल, क्याम्पसका अध्यापक लगाएतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles