Saturday, May 18, 2024

खेत जोत्दै गरेका ट्रयाक्टर चालकको करेन्ट लागेर मृत्यु

ताजा / भरखरै प्राप्त

ब्रह्मपुरी–सर्लाहीको ब्रह्मपुरीमा खेत जोत्दै गरेका ट्रयाक्टर चालकको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार बिहान ब्रह्मपुरी गाउँपालिका–२, मा चैते धान रोप्न खेत जोत्दै गर्दा पानी तान्ने मोटरबाट करेन्ट लागेर खेत ट्रयाक्टर चालकको ज्यान गएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार ज १ त ४११४ नम्बरको ट्रयाक्टर चालक ब्रह्मपुरी गाउँपालिका–२, निवासी २७ बर्षिय राजेश पासवानको करेन्ट लागेर मृत्यु भएको हो । चालक पासवानलाई खेतमा पानी तानिरहेको मोटरबाट करेन्ट लागको थियो ।

करेन्ट लागेर गम्भिर बनेका पासवानलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । पासवानको सव परिक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरी नावय उपरीक्षक श्रेष्ठले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles