Tuesday, January 21, 2025

आदिवासी मगर राष्ट्रिय जागरण अभियान लालबन्दीमा सम्पन्न

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दीमा नेकपा माओवादी निकट मगर राष्ट्रिय मुक्ती मोर्चाले आदिवासी मगर राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको छ ।

बुधबार लालबन्दी नगरपालिका–५, स्थित निर्मल लामा प्रतिष्ठानको सभाहलमा अभियान सम्पन्न गरिएको मोर्चाले जनाएको हो । आत्मनिर्भर, स्व पहिचान, सह अस्तित्व र स्वायत्तता, प्रगतिशील समाज निर्माणका लागि, हाम्रो प्रतिबद्धता भन्ने मुलनारा सहित अभियान सम्पन्न गरिएको कार्यक्रमकी अध्यक्ष प्रमिला रानामगरले जानकारी दिईन् ।

मगर राष्ट्रिय मुक्तिमोर्चाको २६ औं स्थापना दिवसको अवसर पारेर अभियान संचालन गरिएको आयोजकले जनाएको हो । अभियानमा सहभागिहरुलाई सहज कर्ताहरुले समुदायको पहिचान, अस्तित्व, आत्म निर्भर लगाएतको बिषयमा प्रशिक्षित गरेका थिए । यस समुदायको प्रगतिशिल समाज निर्माण लगाएतको बिषयमा समेत चर्चा गरिएको मगर राष्ट्रिय मुक्तिमोर्चा सर्लाहीले जनाएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लुमणी प्रसाद धिमाल (लोचन)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मगर राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रिय उपाध्यक्ष टिका बहादुर दर्लामी मगर, वाईसियल केन्द्रिय सचिव समिर बराईली लगायतको आतिथ्यता रहको कार्यक्रम संचालक लेखराम जर्गा मगरले जानकारी दिए ।

यसैवीच मगर राष्ट्रिय मुक्तिमोर्चाका जिल्ला तदर्थ कमिटि समेत गठन भएको छ । जागरण भेलाले राजेश थापा मगरको अध्यक्षतामा १३ सदस्य जिल्ला तदर्थ कमिटि गठन गरेको हो । कमिटिको सदस्यहरुमा, नरेश ग्राङजामगर, भरत पुलामी मगर, भरत कुमार थापा मगर, सर्मिला लुङ्गेली मगर, कोष बहादुर पुर्वछाने, लोक बहादुर थापा मगर, यादव थापा मगर, सर्मिला रमौली, सुमित्रा लुंगेली, गिता थापा मगर, मुना राना र दिल बहादुर बलम्पाकी मगर चयन भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles