Tuesday, January 14, 2025

आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षती

ताजा / भरखरै प्राप्त

सर्लाही-सर्लाहीको दुई छुट्टा छुटै स्थानमा लागेको आगोबाट दुई परिवारको विचल्ली भएको छ । भने, लाखौँ मुल्य बराबरको क्षती भएको छ ।

जिल्लाको लालबन्दी र बलरा नगरपालिका अन्तरगत दुई स्थानमा आगलागी भएको हो । आगलागीबाट दुई घर, एक गोठ र एक सार्वजनिक भवनमा क्षती पुगेको छ । आगलागीबाट दुई परिवारको बासनै गुमेपछि बिचल्ली भएको हो । आगलागीमा परेर लालबन्दी नगरपालिका–१४, चुरे स्थित हात्तीसुढेका बुद्दिमान मोक्तान र फुर्साङ मोक्तानको ढुंगा, माटो र काठले बनेको घर जलेर नष्ट भएको हो ।

आगलागीबाट बुद्दिमानको घरमा रहेको लत्ता कपडा अन्नपात, काठपात लगाएतका सरसामाग्री समेत जलेर नष्ट हुदा ८ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीबाट फुर्साङको पनि घर सहित सम्पुर्ण सामाग्री जलेर नष्ट भएको छ । उन्को पनि ७ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

आगलागी पछि दुवै परिवार खुल्ला आकाश मुनी पुगेका छन् । सोही आगलागीबाट छिमेकी आईत सिङ मोक्तानको फुसको छाना भएको गोठ समेत जल्दा दुई लाख बराबरको क्षती भएको छ । आगोले पोेलेर गोठमा रहेको एउटा भैसी र एउटा बाख्रा घाईते भएको प्रहरीले जनाएको हो । आगो नजिकैको जंगलबाट घरमा सल्किएको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको बलरा नगरपालिका स्थित एक सार्वजनिक भवनमा आगलागी भएको छ । आगलागीबाट बलरा नगरपालिका–६, सानो मिर्जापुरमा रहेको टालिले छाएको पक्की पर्खाल भएको दलित भवनमा क्षती पुगेको हो । आगलागीबाट भवनमा आशिंक क्षती पुगेको प्रहरी चौकी अर्नाहले जनाएको हो ।

बिजुलीको तार सर्ट भएर लागेको आगोबाट विभिन्न सामान जल्दा १५ हजार ५ सय मुल्य बराबरको क्षती पुगेको प्रहरीले जनाएको हो । सुख्खा मौसम सुरु भए सगैँ जिल्लामा दैनिक आगलागीका घटना बृद्धि भईरहेका छन् । आगोको प्रयोग तथा बिद्युतीय उपकरण लगाएका कुराको प्रयोगमा ध्यान दिन प्रहरीले आग्रह समेत गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles