Saturday, May 18, 2024

सिन्धुलीबाट हतकडी सहित फरार अभियूक्त हरिवनबाट पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवन–सिन्धुलीबाट हत्कडी सहित फरार एक अभियूक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

सोमबार हरिवन नगरपालिका–११, बजार क्षेत्रबाट प्रहरीले दुई साता पहिला सिन्धुलीबाट फरार अभियूक्तलाई पक्राउ गरेको हो । सुराकीको आधारमा खटिएको सादापोसाको प्रहरी टोलीले पक्राउ गरेका साविक सासापुर गाविस–६ घर भई हरिहरपुरगढी–७, बस्ने कृष्ण बहादुर योञ्जन लागु औषध गाँजा ओसारपसारमा संलग्न अभियूक्त रहेको प्रहरीले जनाएको छ ।

योञ्जन गत फगुन १२ गते ना ४४ प ६० २९ नम्बरको मोटरसाईकलमा गाँजा ओसारपसार गर्दै गर्दा हरिहरपुरगढी–७, क्यामनचुलीबाट पक्राउ परेका थिए । लगतै उनी हत्कडी सहित भिरबाट हाम्फालेर भागेक थिए । पक्राउ परेका योञ्जनलाई आवश्क कार्वाहीका लागि जिल्ला प्रहरी कार्यलय सिन्धुली पठाईएको ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles