राजु तामाङ, बर्दिवास– साङ्ग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा ग्राहकलाई बर्दिबासमा रहेको एक होटलले आफ्नो सेवामा १५% छुट दिने भएको छ ।
देशभरिका जुनसुकै शाखाका कर्मचारी तथा ग्राहकले महोत्तरीको बर्दिबास र धनुषाको लालगढमा रहेको गौतम होटलबाट सेवा लिदा १५% छुट पाउने भएका हुन् । यो योजना शुक्रवार (आज) बाट लागु हुने होटल र बैँक विच भएको सहमती पत्रमा उल्लेख गरिएको छ । दुवै पक्षले एक औपचारिक कार्यक्रमका विच यो योजनाको घोषणा गरे ।
घोषणा कार्यक्रममा बैंकको तर्फबाट प्रमुख कर्जा अधिकृत रजित मास्के, केन्द्रीय कर्जा विभाग प्रमुख विश्वरन्जन पाण्डेको उपस्थितीमा क्षेत्रीय प्रमुख रुपक मैनाली र होटल संचालक हिरा गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका बर्दिबास शाखाका प्रबन्धक बिनेश कार्कीले जानकारी दिए ।