बागमती–बगाले थापा उत्थान अन्वेषण समितिले जिल्ला न्यायाधिस सुर्य थापा र ईलकाका प्रशासन कार्यलय हरिवन प्रमुख राजकुमार थापालाई सम्मान गरेको छ ।
शनिवार समितिको कार्यलय सभाहल बागमती नगरपालिका–२, धरहरामा औपचारिक कार्यक्रमका विच दुवै जनालाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको हो । भर्खरै सरुवा भएर आउनु भएको जिल्ला न्यायाधिस र ईलाका प्रशासन कार्यलय हरिवनको प्रमुखको जिम्मेवारी सम्हाल्न आईपुग्नु भएको थापाद्वयलाई सम्मान गरिएको समितिका अध्यक्ष रामहरी थापाले जानकारी दिए ।
बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो । दुवै जनालाई सफल कार्यकालको शुभकामना सहित सम्मान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संचालक समेत रहनु भएका माधव थापाले बताउनु भयो । सोही कार्यक्रमका विच मेयर थापा र लालबन्दी नगरपालिका–१६, का वडाध्यक्ष गणेश थापालाई समेत दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा सर्लाहीको धरहरा सहित विभिन्न स्थानका बगाले थापा बन्धुहरुको समेत सहभागिता रहेको समितिले जनाएको हो ।