Monday, December 2, 2024

सर्लाहीमा मन्दिर तोडफोड गर्ने पक्राउ

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले मन्दिर तोडफेड गरेको आरोपमा एक जनालाई पक्राउ गरेर म्याद थप गरेको छ ।

मंगलवार राती सर्लाहीको मलंगवा नरगपालिका–८, मा रहेको राजदेखी र झिलिमिलिया माईको मन्दिरमा तोडफोड भएको थियो । घटनामा संलग्न रहेका भन्दै मलंगवा नगरपालिका–८, निवासी ३३ बर्षका राकेश बैठालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ परेका बैठालाई आश्वक अनुसन्धानको लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । घटना लगतै अनुसन्धानमा खटिएको प्रहरी टोलीले बैठाले मन्दिर तोडफोडमा प्रयोग गरेको दविया र लिवर समेत बरामद गरेको जनाएको छ ।

उक्त घटनालाई लिएर बुधवार दिनभरी जसो मलंगवा बजार बन्द् गरिएको थियो । भने, स्थानीय यूवाहरुले बिरोध स्वरुप मोटरसाईकल र्याली समेत निकालेका थिए । जिल्ला सदरमुकाम मलंगवामा पटक–पटक धार्मिक तथा साम्प्रदायिक विवाद सृजनाको प्रयास हुनेगरेको स्थानीयको दावी छ । यो घटना पनि यसैको उपज भएको जानकारहरु बताउछन् ।

प्रदेश प्रहरी कार्यलय जनकपुरले बिज्ञप्ती प्रकाशित गर्दै यस्ता साम्प्रदायिक सद्भाव भड्काउने कार्य जघन्य अपराध भएको जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ, मुलुकी अपराध संहिता २०७४ को परिछेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिक स्थल वा पवित्र मानिएको क्षेत्रमा क्षतिपुर्याउन नहुने, धार्मिक भावनामा आघात पुर्याउन नहुने, धार्मिक रीती स्थितीमा बाधापुर्याउन नहुने, धर्म परिवर्तन गराउन नहुने ब्यवस्था छ ।

यदि कोही कसैले धर्म सम्बन्धी कसुर गरेमा अधिकत्म ५ बर्ष सम्म कैद र ५० हजार सम्म जरिवाना हुने कानुनी ब्यवस्था छ । यस्ता घटनामा सम्लग्न जो कोहीलाई हदै सम्मको कार्वाही गरिने समेत प्रदेश प्रहरी कार्यलय जनकपुरका प्रवक्ता प्रहरी उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles