Monday, December 2, 2024

सर्लाहीमा एक छात्र प्रहरी हिरासतबाटै एसईईमा सामेल

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाहीमा एक यूवकले प्रहरी हिरासतबाटै (एसईई) परिक्षा दिएका छन् ।

जिल्लाको बागमती नगरपालिका–२, धरहराका एक यूवकले बिहिबारबाट सुरु भएको माध्यामिक शिक्षा परिक्षा (एसईई)मा हिरासतबाटै सहभागिता जनाएका हुन् । उन्लाई परिक्षा प्रतिनिधिको उपस्थितीमा ईलाका प्रहरी कार्यलय प्रांगणमै परिक्षा दिने व्यवस्था मिलाईएको ईलाका प्रहरी कार्यलय हरिवनका प्रहरी निरिक्षक अनिलराज गिरिले जानकारी दिए ।

हाम्रो हिरासतमा भएका एक अभियुक्तलाई एसईई परिक्षामा सहभागि गराईएको छ । उन्ले भने, आत्महत्या दुरुत्साहन मुद्दामा हिरासतम रहेका उन्लाई प्रतिनिधिको उपस्थितीमा कार्यलय प्रांगणमै परिक्षा दिने व्यवस्था मिलाईएको हो । हरिवन नगरपालिका स्थित ज्ञानज्योती बोर्डिङ स्कुलमा अध्यनरत् युवकको एसईई परिक्षाको लागि महेन्द्र जनता मावी कर्मैया परिक्षा केन्द्र कायम भएको थियो ।

उनी दुई हप्ता देखी आफ्नै आमाको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

१० परिक्षा निरिक्षक निष्कासित
सर्लाहीबाट माध्यमिक शिक्षा परिक्षा(एसईई) का १० जना परिक्षा निरिक्षक निष्कासनका परेका छन् ।

बिहिबारबाट सुरु भएको परिक्षामा मर्यादा कायम गर्न नसकेको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाईएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामवृक्ष महतोले जानकारी दिनु भयो । १० जना निरिक्षकहरुलाई जारी एसईई परिक्षामा कुनै पनि जिम्मेवारीमा नरहने गरी कार्वाही गरिएको प्रमुख महतोले जानकारी दिए ।

कार्वाहीमा पर्ने निरिक्षकहरु जिल्लाका दक्षिणी क्षेत्र स्थित परिक्षा केन्द्रका हुन् । शिक्षा विकास समन्वय इकाईका अनुसार गोडैता र बलरा नगपालिका स्थित विभिन्न परिक्षा केन्द्रका निरिक्षक कार्वाहीमा परेका हुन् । परिक्षालाई मर्यादित बनाउन आफुहरु लागि परेको जिल्ला स्तरीय परिक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।
मर्यादित ढंगले परिक्षा सम्पन्न

जिल्लामा छिटपुट घटना बाहेक पहिलो दिनको एसईई परिक्षा शान्तिपुर्ण रुपमा सम्पन्न भएको जिल्ला स्तरीय परिक्षा समन्वय समिति अध्यक्ष प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिनुभयो । ‘परिक्षा विगतको तुलनामा निकै मर्यादित बनेको छ ।’ उहाँले भन्नु भयो, ‘हामीले सुरक्षा तथा अनुगमनलाई समेत निकै चुस्त बनाएका छौँ ।’

विभिन्न समुहमा अनुगमन समिति तयार गरेर परिक्षाको अनुगमन गरिएको समेत उन्को भनाई छ । २७ गते सम्म चल्ने परिक्षाको पहिलो दिन परिक्षार्थीहरुले अंग्रेजी विषयको परिक्षा दिएका छन् ।

सर्लाहीबाट एसईईमा १० हजार बढि परिक्षार्थी सहभागि

देश भरी जस्तै सर्लाहीमा पनि बिहान ८ बजेबाट एसईई परिक्षा सुरु भएको थियो । यस बर्ष सर्लाहीबाट एसईई परिक्षामा १० हजार ८९६ जना परिक्षार्थी सहभागि भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका अनुसार ६ हजार ७८३ छात्रा र ४ हजार ११३ छात्रले एसईई परिक्षा दिईरहेका हुन् । भने, १५८ जनाले ग्रेड बृद्धिको लागि परिक्षा दिनलागेका हुन् । जिल्लाका १०५ सामुदायिक र ४५ वटा संस्थागत बिद्यालयका छात्रछात्राहरुले एसइइमा सहभागिता भएका हुन् ।

इकाईका अनुसार सामुदायिक बिद्यालयबाट ९ हजार ५६२ र संस्थागत तर्फबाट एक हजार ३३४ जना छात्रछात्रा एसइइमा सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्रमुख रामबृक्ष महतोले जानकारी दिनुभयो ।

यस्तै जिल्लामा यस बर्ष ३८ वटा परिक्षा केन्द्र तोकिएको छ । गत बर्ष ३७ वटा परिक्षा केन्द्र तोकिएकोमा यस बर्ष हरिपुर नगरपालिका–१, लक्ष्मिपुर स्थित रामऔतर लक्ष्मिनिया मावी हजारविगाह थपिएर ३८ वटा पुगेको समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिनुभयो ।

कुशवाहका अनुसार यस बर्ष परिक्षा संचालनको लागि ३८ जना केन्द्राध्यक्ष, ७३ जना सहायक केन्द्राध्यक्ष, ५४४ जना निरिक्षक, १०३ जना जना परिक्षा सहायक र अन्य गरी एक हजार १६ जना जनशक्ती परिचालन गरिने भएको हो । परिक्षालाई अनुशासित र मर्यादित बनाउन सबै सगँ समन्वय गरिएको समेत उहाँको भनाई थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles