Monday, September 9, 2024

सर्लाहीमा एकै दिन २०२ फरार प्रतिवादी पक्राउ

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले एकै दिन २०२ जना फरार प्रतिवादीलाई अदालतमा उपस्थ्ति गराएको छ ।

शुक्रवार प्रहरीले विभिन्न मुद्दाका २०२ जना प्रतिवादीलाई एकै पटक अदालतमा पेस गरेको हो । पक्राउ परेकाहरु जिल्ला, उच्च र सर्बोच्च अदालतले ५ दिन देखी ३ बर्ष ६ महिना सम्म जेल र सय रुपैया देखी तिन लाख ६३ हजार सम्म जरिवाना फैसला भएका प्रतिवादी रहेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवम डिएसपी दिपेन्द्र पंजियारले जानकारी दिए ।

पक्राउ परेकाहरु कुटपिट, जुवातास, जालसाजी, डाँका चोरी, जवरजस्ती करणी, अपहरण, मानव बेचबिखन, ज्यान मार्ने उद्योग, भष्टाचार लगाएतको मुद्दाका दोसी ठहर भएका प्रतिवादी रहेको प्रहरीले जनाएको हो । गत दुई दिन देखी फरार प्रतिवादी पक्राउको लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीले अभियाननै चलाएको थियो ।

सोही अनुसार पक्राउ परेका सबैलाई सजाय कार्यान्वयनको लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको हो । अदालतबाट दोसी ठहर भईसके पनि उनीहरु समाजमा खुलेआम घुमिरहेका थिए । यसले समाजमा अराजकता तथा अपराध बढाउने जोखिम रहेकोले पक्राउ अभियान संचालन गरिएको जिल्ला प्रहरीका एसपी दयानिधि ज्ञवालीले बताए ।

गत तिन सातामा सर्लाहीबाट ४ सय बढि विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ परिसकेका छन् । यति ठुलो संख्यामा फरार प्रतिवादी पक्राउ गरी एकै पटक अदालत उपस्थित गराएको सर्लाहीको ईतिहासमा यो नै पहिलो घटना हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles