Saturday, May 18, 2024

सर्लाहीको ब्रह्मपुरीबाट गोली लोड भएको पेस्तोल बरामद

ताजा / भरखरै प्राप्त

ब्रह्मपुरी–सर्लाहीको ब्रह्मपुरीबाट सशस्त्र प्रहरीले गोली लोड भएको अवस्थामा एक थान पेस्तोल बरामद गरेको छ ।

शुक्रवार साझ ब्रह्मपुरी गाउँपालिका–५, स्थित ईनरुवा सिमा ईलाकाबाट सिमा सुरक्षामा रहेको सशस्त्र प्रहरीको टोलीले चेक जाँचको क्रममा हरियार बरामद गरेको जनाएको हो । हतियार सहित मोटरसाईकलमा आएका दुईजना ब्यक्ती भने सिमा पारी फरार भएका प्रहरीले जनाएको छ ।

बिआर २० एक्स ७७१३ नम्बरको भारतिय मोटरसाईकलमा आएका ब्यक्तीहरुलाई संका लागेर चेक जाँच गर्ने क्रममा ५ राउण्ड गोली लोड भएको म्यागेजिन एक थान र मेड ईन यूएस लोखिएको पेस्तोल एक थान बरामद भएको सशस्त्र प्रहरी गण १० नम्बर कविलासीले जनाएको हो ।

बरामद हतियार र गोली आवश्क कार्वाहीको लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीमा बुझाउने तयारी भईरहेको सशस्त्र प्रहरी उपरिक्षक विनोद राज खनालले जानकारी दिए । फरार दुई जना संन्दिग्द ब्यक्तिहरु नेपालमा कुनै घटना घटाउने उध्यश्य सहित आउदै गरेको हुन सक्ने प्रहरी अधिकारीहरुको आशंका छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles