Monday, December 2, 2024

सर्लाहीको बागमतीमा सञ्चयकर्ता अन्तरकृया सम्पन्न

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीमा अनलाईन कारोवार तथा सेवा सुविधा सम्बन्धी सञ्चयकर्ता अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार बागमती नगरपालिका सभाहलमा नेपाल शिक्षक महासंघ बागमती नगर कमिटिको आयोजनामा अन्तरकृया सम्पन्न भएको हो । अन्तरकृयामा प्राविधिक सहयोग कर्मचारी सञ्चय कोष शाखा कार्यलय जनकपुरको रहेको नेपाल शिक्षक महासंघ बागमती नगर कमिटि अध्यक्ष लोकनाथ दहालले जानकारी दिए ।

कार्यक्रममा बागमती नगरपालिका अन्तरगतका सम्पुर्ण बिद्यालयका प्रधानाध्यापक शिक्षिक शिक्षिका, बिद्यालय कर्मचारी लगाएको सहभागिता रहेको थियो । सहभागिहरुलाई सञ्चय कोष शाखा कार्यलय जनकपुरका कार्यलय प्रमुख तेज प्रसाद खनाल, सहायक प्रमुख लोकनाथ ताजपुरीया, सितल कुमार श्रेष्ठ, जयराम साह लगाएतले सहजिकरण गरेका महासंघले जनाएको हो ।

कार्यक्रम मार्फत सेवा सञ्चय कोषको सोव सुविधा घर दैलोमै पुर्याईएको थियो । यस पहिला सञ्चय कोषमा आवद्दता पत्र लिखित हुने गरेकोमा केही समय देखी स्मार्ट कार्ड वितरण सुरुभएको छ । यस पालिका अन्तरगतका सञ्चय कोषमा आवद्ध शिक्षक शिक्षिका तथा बिद्यालय कर्मचारीहरुलाई कार्यक्रमकै विच स्मार्टकार्ड समेत वितरण गरिएको थियो ।

सामान्यतया सञ्चय कोषमा स्थाई शिक्षक शिक्षिकाहरु मात्र सहभागि हुने गरेका छन् । तर, यस पालिकामा पछिल्लो ब्यवस्था आनुसार शिक्षक महासंघको पहलमा २०७६ साल यता राहत र बाल विकास कोटाका शिक्षक शिक्षिका तथा बिध्यालय कर्मचारी समेत आवद्ध रहेका संघका नगर अध्यक्ष दहालले बताए । यसले अवकास पछि रित्ताे हात फर्कनु नपर्ने उन्को भनाई थियो ।

कार्यक्रममा सञ्चयकोषमा आवद्ध हुदाको फाईदा, यसको प्रकृया तथा प्राप्त हुने सेवा सुविधाको बिषयमा समेत चर्चा गरिएको थियो । सञ्चयकोषको सदस्य भए पछि विभिन्न भैपरी आउने समस्यामा सापटी, सहुलियत पुर्ण ऋण लगाएतको सुविधा र बचत सुविधा समेत प्राप्त हुने कोषले जनाएको छ । कार्यक्रममा बागमती नगर शिक्षा शाखाका ओम बहादुर कार्की लगाएतको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles