Tuesday, January 21, 2025

वनमा लागेको डढेलो सेना र उपभोक्ताले निभाए

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती स्थित सामुदायिक बनमा लागेको डढेला उपभोक्ताले निभाएका छन् ।

बागमती नगरपालिका–११, स्थित हरिहर क्षेत्र सामुदायिक वनमा लागेको डढेला उपभोक्ता समुहको सकृयतामा नियन्त्रणमा आएको छ । बागमतीमै रहेको भैरवी दल गणका नेपाली सेनाको समेत उपस्थितीमा वनको लागेको आगो निभाईएको वन समुहका अध्यक्ष भिमसेन थापाले जानकारी दिए ।

केहि दिन यता यस सामुदायिक वन क्षेत्रमा देखीएको डढेलो सर्दै नजिकैको गाउँ आपँटार सम्म आईपुगेकोले सेना र स्थानीय समेतको सहभागितामा आगो नियन्त्रणमा लिएको अध्यक्ष थापाले बताए । यस सुख्खा मौसममा बर्षेनी चुरेका बन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । वनमा नयाँ घाँस पलाउने आशमा बनमा आगो लगाउने गरेको पाहिएको छ ।

यसरी वनमा आगो लगाउनु गैरकानुनी कार्य भएकोले यस्ता कार्य नगर्न नगराउन समेत बन समुहले आग्रह गरेको छ । यसरी वन क्षेत्रमा लागेको डढेलोले वन्यजन्तु सगँै स्थानीय रैथाने जातका विभिन्न बोटबिरुवा र जडिबुटी समेत लोप हुदै गएका छन् । फागुण यता जिल्लाका विभिन्न वन क्षेत्रमा भिषण आगलागी भईरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles