Tuesday, April 16, 2024

लालबन्दीबाट स्रोत नखुलेको १४ लाख सहित एक जना पक्राउ

ताजा / भरखरै प्राप्त

सर्लाही प्रहरीले स्रोत नखुलेको १४ लाख रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार लालबन्दी नगरपालिका–१४, स्थित लखन्देही खोलाबाट सोही स्थानका ४६ वर्षीय धनबहादुर पाख्रिनलाई प्रहरीले पैसा सहित पक्राउ गरेको हो । प्रदेश २– ०३ –०११ प ८३५७ नम्बरको मोटरसाइकलमा सवार पाख्रिनलाई शंका लागेर चेक जाँच गर्ने क्रममा पाख्रिनले पछाडी भिरेको झोलाबाट नगद १४ लाख १० हजार पैसा बरामद भएको सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले पाख्रिनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । प्रारम्भिक अनुसन्धानमा पाख्रिनले आफूसँग भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिर्ईएको डिएसपी थारुले बताए । पाख्रिनलाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

पाख्रिनले प्रहरीलाई आफु गोरु ब्यापारी भएको सोधपुछका क्रममा बताएका प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles