Tuesday, January 21, 2025

मेची–महाकाली पैदल यात्री शर्मा सम्मानीत

ताजा / भरखरै प्राप्त

बागमती–मेची महाकाली पैदल यात्रा गरेका सर्लाहीको बागमती निवासी नित्यानन्द शर्मा कडेल सम्मानित भएका छन् ।

बागमती–११, पुतलीचोक निवासी शर्मालाई बुधवार एक कार्यक्रममा विच विभिन्न संघ संगठनहरुले सम्यूक्त रुपमा सम्मान गरेका हुन् । कडेलले गत कात्तिक ८ गते मेची पुलबाट सुरु गरेको पैदल यात्रा मंसिर ३० गते महाकाली पुगेर पुरा गरेका थिए । उनले देशमा विद्यमान कृषि, विकास तथा अन्य विभिन्न समस्या समाधानको ध्याकर्षण गराउने उद्देश्य सहित पैदल यात्रा गरेका थिए ।

नेपाली कांग्रेस बागमती नगर समिति र तरुण दल बागमती–११, वडा कमिटिले सम्यूक्त कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । नेपाली कांग्रेस बागमती नगर कमिटि र तरुणदल बागमती–११, वडा कमिटिले सम्मान पत्रले सम्मानित गरेको थियो । ६९ बर्षको उमेरमा कडेलले देश र समाजको लागि गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको तरुणदल बागमती–११, वडाकमिटि अध्यक्ष प्रकाश केसीले जानकारी दिए ।

नेपाली कांग्रेस बागमती नगर समिति उपसभापती अर्जुन थापाको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

यसै विच सोही कार्यक्रमका विच बुढ्यौली साहित्य समाज चन्द्रपुरले पनि कडेललाई सम्मान गरेको छ । शर्मालाई अविर, माला र सम्मान पत्र सहित सम्मानित गरिएको समाजका अध्यक्ष लम्बोदर काफ्ले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles