Wednesday, April 17, 2024

प्रहरी निरिक्षक गिरीद्धारा पुरस्कार रकम बालगृहलाई हस्तान्तरण

ताजा / भरखरै प्राप्त

हरिवन– ईलाका प्रहरी कार्यलय हरिवनका प्रमुख प्रहरी निरिक्षक अनिल राज गिरीले पुरस्कार बापत पाएको रकम बालगृहलाई हस्तान्तरण गरेका छन् ।

बुधबार बिहान हरिवन नगपालिका–६, घुर्काैलीमा रहेको द्वन्द पीडित बालगृहमै पुगेर प्रहरी निरिक्षक गिरिले पुरस्कार राशीको रकम नगद १० हजार हस्तान्तरण गरेका हुन् । प्रहरी निरिक्षक गिरीले उक्त रकम संस्थाका अध्यक्ष सुरेन्द्र लामाको रोहबरका आश्रित बालबालिकालाई हस्तान्तर गरे ।

उन्लाई गत चैत ४ गते डिभिजन वन कार्यलय सर्लाहीले नगद १० हजार पुरस्कार सहित सम्मान गरेको थियो । वन जंगल संरक्षण, चोरी निकासी नियन्त्रण लगाएतको गतिविधिमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै उन्लाई वन कार्यलयले सम्मान गरेको जनाएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles