Wednesday, April 17, 2024

पत्रकार महासंघ सर्लाहीद्वारा विमारीलाई फलफुल वितरण

ताजा / भरखरै प्राप्त

मलंगवा– नेपाल पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको अवसरमा सर्लाही शाखाले विमारीहरुलाई फलफुल वितरण गरेको छ ।

शुक्रवार महासंघ सर्लाही शाखाले मलंगवा स्थित प्रदेशिक अस्पतालका विमारीहरुलाई फलफुल वितरण गरेको हो । महासंघका जिल्ला सचिव शुनिल ठाकुरको नेतृत्वमा पुगेको पत्रकारहरुको टोलीले उपचाररत् विमारीहरुलाई फलफुल वितरण गरेको हो ।

अस्पतालमा उपचाररत् रहेका ३० जना विमारीलाई फलफुल वितरण गरेको महासंघ सर्लाही शाखाले जनाएको हो । विमारीलाई फलफुल वितरण गरिदिएको भन्दै अस्पतालका निमित्त सुपरिटेण्डेण्ट डाक्टर सचिन यादवले महासंघ शाखा सर्लाहीलाई धन्यवाद समेत ज्ञापन गरे ।

नेपाल पत्रकार महासंघले हरेक बर्ष चैत १६ गतेलाई स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles