Monday, September 9, 2024

पत्रकार धम्क्याउनेलाई कार्वाहीको माग गर्दै प्रेस सेन्टर सर्लाहीले प्रशासन र प्रहरीमा ज्ञापन पत्र बुझायो

ताजा / भरखरै प्राप्त

मलंगवा–समाचार सम्प्रेषणको बिषयमा पत्रकार धम्क्याउनेलाई कार्वाहीको मागँ गर्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले ज्ञापन पत्र बुझाएको छ ।

सोही घटनाको बिषयमा शुक्रवार नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्री सहित पुगेको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष श्रवण थापाको नेतृत्व टोलीले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यलयमा ज्ञापन पत्र बुझाएको हो । गत बुधवार दिउसो नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र सिङ भ्रष्टाचार मुद्धामा दोषी ठहर बिषयको समाचार सम्प्रेषण भएको थियो ।

सोही बिषयमा गोडैता बजारबाट प्रशारण हुदै आएको रेडियो धड्कन र धड्कन एफएम डटकम अनलाईन पोर्टलका संचालक समेत रहेका शिव कुमार कुशवाहलाई ९८१५८७५४९१ नम्बरबाट फोन गरेर विभिन्न गाली गलौज तथा अंगभंग गरिदिने धम्कि दिएको थियो । नाम नबताएका उक्त सन्दिग्द ब्यक्तीले लगातार कुशवालाई गाली गलौज तथा धम्कीको भाषा प्रयोग गरेको अडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।

समाचार लेखेको बिषयमा चित्त नबुझेवा मन नपरे खण्डन गर्ने वा कानुनी उपचार खोज्ने प्रावधान हुदाहुदै पत्रकार माथि गाली गलौज गर्ने तथा अंगभंग र ज्यानमार्ने धम्की दिनु लोकतान्त्रिक शासन ब्यवस्थामा अत्यन्त निन्दनिय कार्य भएको प्रस सेन्टर सर्लाहीले उल्लेख गरेको छ । यस्तै बिज्ञप्ती मार्फत प्रेस सेन्टर सर्लाहीले दोसीको पहिचान गरी हदै सम्मको सजाय गर्न समेत माग गरेको छ ।

यस्ता प्रेस स्वतन्त्रता बिरोधी घटना निन्दा गर्दै संगठनले आगामि दिनमा स्वतन्त्रतापुर्ण ढंगले कलम चलाउने बातावरण बनाई दिन आग्रह गर्दै, पिडित महतोको शान्ति सुरक्षाको ब्यवस्था गर्न समेत संगठनले जिल्ला स्थित सुरक्षा निकाय समक्ष आग्रह गरेको छ । विज्ञप्ती बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ घिमिरे र जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले घटनको बिषयमा आफुहरु अत्यन्त सम्बेदनसिल रहेको प्रतिकृया दिए ।

एसपी ज्ञवालीले दोशी जो कोही भएपनि कानुनी दायरामा ल्याइने आश्वासन दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles