Tuesday, April 16, 2024

नवलपुर दुर्घटना : ट्रक चालकको ज्यान गयो

ताजा / भरखरै प्राप्त

नवलपुर–सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा गम्भिर घाईते भएका ट्रक चालकको ज्यान गएको छ ।

बुधबार साँझ पूर्व–पश्चिम राजमार्ग स्थित लालबन्दी नगरपालिका–१, नवलपुर चोकमा बस र ट्रक आपसमा ठोक्किएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका ट्रक चालक हेटौडा उपमहानगरपालिका–३, बस्ने ४२ बर्षका तोङश्री बहादुर गोलेको उपचारको क्रममा मृत्यु भएको हो । उन्को बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

गोलेको सव परिक्षणको लागि नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमै राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनुभयो । दुर्घटनामा ट्रक चालक सहित १२ जना घाईते भएका थिए । घाईते भएका ७ जना पुरुष, ३ जना महिला र १ बालिका उपचार पछि घर पठाई सकिएको छ ।

पुर्वपश्चिम राजमार्ग स्थित नवलपुर चोकमा पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र जनकपुरबाट वीरगन्जका लागि छुटेको बा ४ ख ३२४ नम्वरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा ट्रक र बसको दुवैको अगाडिको भागमा क्षतविक्षत भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles