Monday, October 7, 2024

दुधको परिकार सेवन गर्दै हरिवनमा दुध किसान द्वारा बिरोध प्रदर्शन

ताजा / भरखरै प्राप्त

हरिवन–देशव्यापी कार्यक्रम अनुसार सर्लाहीको हरिवनमा पनि दुग्ध किसानहरुले बिरोध प्रदर्शन तथा चक्का जाम गरेका छन् ।

बिहिवार हरिवन बजार स्थित पुर्व पश्चिम राजमार्गमा केही बेर चक्का जाम गर्दै दुध किसानहरुले बिरोध जनाएका हुन् । किसानहरुले लामो समय देखी दुध बेचेको भुक्तानी नपाएका भन्दै आन्दोलन गर्नु परेको बताए । दुध बिक्री वापत सर्लाहीका किसानहरुले मात्र ५० करोड बढि भुक्तानी पाउन बाँकी रहेको जनाएका छन् । आन्दोलमा सहभागि किसानहरुले दुध बेचेको पैसा नपाउदा गर्जो टार्नै समस्या भएको सुनाए । दिउसो हरिवनमा जम्मा भएका दुग्ध किसानहरुले दुधको परिकार सेवन गर्दै सांकेतीक बिरोध जनाएका थिए ।

उनीहरुले आन्दोलनकै माध्यमबाट स्थानीय स्तरमै पनि दुधको उपभोग बढाउनु पर्नेमा जोड दिए । सरकारले किसानको भुक्तानीमा चासो नदिएको उनीहरुको आरोप छ । लामो समय देखी दुधको भुक्तानी रोकिदा किसान संगैँ दुध संकलन गर्ने सहकारी तथा डेरी उद्योगहरु समेत चपेटामा परेका छन् । आन्दोलनमा सहभागि स्थानीय डेरी संचालक सुरेश भट्टराईले किसानले थोपा थोपा गरेर संकलन गरेको दुध बिक्रीबापतको भुक्तानी यथासिघ्र गर्न सरकारले पहल गर्नुपर्ने बताए ।

भट्टराईले तिनै तहका सरकारी कार्यलय तथा बिद्यालय खाजा कार्यक्रममा समेत दैनिक दुध वा दहीको प्रयोग गर्नु पर्ने बताए । विभिन्न बहानामा किसानको उत्पादन नष्ट गर्न विभिन्न समुह लागि परेका उन्को आरोप थियो । स्थानीय दुध किसान रामहरी घिमिरेले किसानको लगानी सुनिश्चित गर्न सरकारले तदारुक्ता देखाउनु पर्ने बताए । ‘हामी दुध बेचेर घर खर्च धान्ने परिवार हौँ ।’ उन्ले भने, ‘हाम्रो अन्य कुनै उपाए छैन् । परिवारमा केही भैपरी आए, औषधी मुलो गर्ने उपाए पनि यही हो । तर, दुध बेचेको महिनौ भईसक्दा पनि पैसा पाउने अत्तो पत्तो छैन् । अब आन्दोलन गर्ने बाहेक के उपाए छ हामी संग ?’

विभिन्न किसान सम्बद संघ संगठनहरु समेतको आयोजनामा भएको बिरोध कार्यक्रम अन्तरगत बिहिवार दिउसो २ घण्टा चक्काजाम र कोण सभा गरिएको हो । यस्तै यस पहिला विभिन्न पार्टीका संघ संगठनको सहभागितामा किसानको दुधको भुक्तानी मागँ गर्दे बुधवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाईएको स्थानीय किसान नेता राजकुमार उप्रेतीले बताए । दुग्ध विकास संस्थान (डिडिसी) सहित निजि क्षेत्रका डेरी उद्योगहरु समेतले गरेर देश भरीका किसानहरुलाई ६ अर्बको हाराहारीमा दुधको रकम भुक्तानी गर्न बाँकी रहेको किसान प्रतिनिधिहरुको गुनासो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles