बागमती-सर्लाहीकाे बागमतीमा टाेल सुधार समितिकाे सकृयतामा रक्तदान शिविर सम्पन्न भएकाे छ ।
शनिवार बागमती नगरपालिका-२, धरहरामा एक कार्यक्रमका विच रक्तदान शिविर सम्पन्न भएकाे हाे। श्री रामजानकी टाेल सुधार समिति धरहरा र जनवाल कल्याण मावी धरहराकाे सम्युक्त आयाेजनामा रक्तदान शिविर सम्पन्न गरिएकाे थियाे । शिविरमा १७ जनाले रगत दान गरेका टाेल सुधार समिति अध्यक्ष श्याम कुमार रायमाझीले जानकारी दिए ।
जनवालकल्याण मावी धरहरा प्रांगणमा संचालन गरिएकाे शिविरमा रेडक्रस उपशाखा ढुंग्रेखाेलाका सभापति सत्यनारायण राय, बिध्यालयका प्रधानाध्यापक प्रकाश बहादुर जिम्वा र टाेल सुधार समिति अध्यक्ष रायमाझीले सम्युक्तरूपमा रक्तदान गरेर शिविरकाे उद्घाटन गरेका थिए । शिविरमा संकलित रगत रेडक्रस साेसाईटी मलंगवा शाखामा जम्मा गरिएकाे आयाेजक टाेल सुधार समितिका सचिव निर्मल तिमल्सिनाले जानकारी दिए ।
यस क्षेत्रमा पहिलाे पटक रगतदान जस्ताे पुण्य कार्यक्रम आयाेजन भएकाे स्थानियकाे प्रतिकृया छ ।