Tuesday, April 16, 2024

जन्मोत्सवको अवसरमा समाजसेवी गोलेद्वारा सहयोग प्रदान

ताजा / भरखरै प्राप्त

राजु लो तामाङ, बागमती–सर्लाहीका एक युवा समाजसेवीले बौद्घिक अपाङ्ग र क्यान्सर पीडितलाई सहयोग गरेर जन्मदिन मनाएका छन् ।

बुधवार बागमती नगरपालिका–१२, निवासी युवा समाजसेवी जय बहादुर गोलेले जन्मदिनको अवसरमा बौद्धिक अपाङ्ग व्यक्तीहरुलाई कपडा वितरण र क्यान्सर पीडितलाई नगद सहयोग गरेका हुन् । विपन्न बौद्धिक अपाङ्गता भएका व्यक्तीहरुलाई थोरै भएपनि राहत पुर्याउने उद्देश्य सहित मिष्ठान्न भोजन र कपडा वितरण गरेको उन्को भनाई छ ।

उक्त वडाका ३२ जना बौद्धिक अपाङ्गता भएका व्यक्तीहरुलाई काल्साङ छ्योईखोर्लिङ गुम्बा परिसरमा एक कार्यक्रमका बीच मिष्ठान्न भोजन गराईएको थियो । भने, उनीहरुलाई गोले दम्पत्तीले कपडा समेत वितरण गरेका थिए ।

यस्तै सोही कार्यक्रमका बीच गोलेले बागगती नगरपालिका–१२, निवासी ७ बर्षकी क्यान्सर पीडित बालिका ईशा जिम्बालाई उपचारको लागि नगद समेत सहयोग गरेका छन् ।

गोलेको पहलमा विभिन्न सहयोगी व्यक्तीहरुबाट क्यान्सर पीडित बालिकाको उपचारको लागि आर्थिक संकलन गरिएको थियो । उक्त ३८ हजार ९ सय ५० रुपैया र गोलेले व्यक्तीगत १२ हजार ५० गरी ५१ हजार नगद सहयोग हस्तान्तरण गरे । उक्त रकम पीडित बालिकाका हजुरबुबा पुर्ण बहादुर जिम्बालाई हस्तान्तरण गरिएको थियो ।

यस्तै पीडित परिवारले आर्थिक अभावमा बालिकाको ब्लड क्यान्सरको उपचारमा समस्या आएको भन्दै सहयोगको याचना गरेका छन् । पीडित बालिकाका हजुरबुबा पुर्ण बहादुरले नातिनिको उपचारमा सकेको आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन् । पीडित बालिकाको हाल भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles