Wednesday, April 17, 2024

किराना पसलमा आगलागी, ३० लाख बढिको क्षती

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाहीको मलंगवामा मध्य राती आगलागी भएको छ ।

शुक्रबार बिहानीपख मलंगवा नगरपालिका–८, स्थित पंकज साहको घरमा रहेको किसान स्टोर्स तथा कस्मेटिक पसलमा आगलागि भएको हो । आगलागीबाट झण्डै ३० लाख बढिको क्षती भएको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ । आगलागीको एकिन कारण नखुले पनि बिद्युत सर्ट भएर आगलागी भएको आसंका गरिएको छ ।

आगलागीबाट साहको घरमा समेत आशिंक क्षती पुगेको प्रहरीले जनाएको हो । आगो स्थानीय, नेपाल र सशस्त्र प्रहरी तथा मलंगवा र हरिवनबाट पुगेको दमकलको सहायतामा नियन्त्रणमा आएको स्थानीयले जनाएका छन् । समयमै आगो नियन्त्रणमा आएका कारण थप क्षती हुन नपाएको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles