बागमती–सर्लाहीको बागमतीमा रहेको कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार संस्थाको प्रांगण बागमती–११, कर्मैयामा आयोजित औपचारिक कार्यक्रमका विच संस्थाको साधारण सभा सम्पन्न भएको संस्थाका अध्यक्ष हरिराम काफ्लेले जानकारी दिए । मधेश प्रदेश सरकारका सांसद जवाहरलाल कुशवाहले सभाको उद्घाटन गरेका ब्यवस्थापक दिलबहादु आचार्यले जानकारी दिए ।
सम्पन्न सभामा संस्थाको तर्फबाट संस्थाको आगामि रणनीतिक, प्रशासनिक, आर्थिक तथा आन्तरिक लेखा समितिको प्रतिवेदन समेत प्रस्तुत गरिएको संस्थाले जनाएको हो । संस्थाले गत आर्थिक बर्ष २०७९÷०८० मा कुल ५ करोड २८ लाख बराबरको कारोवार गरेर ५७ लाख मुनाफा समेत आर्जत गरेको छ ।
२०५८ सालबाट साविक कर्मैया गाविस क्षेत्रमा पानीको सेवा प्रदान गर्दै आएको यस संस्थाले अहिले ३१ सय परिवारलाई धाराको सुविधा प्रदान गर्दै आएको छ । यस संस्थाले उपभोक्ताको स्वच्छ खानेपानी पिउन पाउने अधिकारको सुनिश्चितताका लागि हदै सम्मको सावधानी अपनाएको संस्थाका अध्यक्ष काफ्लेले सभालाई जानकारी गराएका थिए ।
सभामा बागमती नगरपालिकाकी उपमेयर लिलाकुमार मोक्तान, शंकरपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खड्क नारायण श्रेष्ठ, सचिव बिर बहादुर खड्का, बागमती–११, का वडाध्यक्ष प्रदिप आर्चाय, बागमती बचत तथा ऋण सहकारीका अध्यक्ष बाशु खड्का लगाएतको आतिथ्यता रहेको संस्थाका उपाध्यक्ष पुर्ण बहादुर थापाले जानकारी दिए ।