Tuesday, January 14, 2025

उद्यम विकास सहजकर्ता संघ सर्लाहीको अध्यक्षमा बिश्वकर्मा चयन

ताजा / भरखरै प्राप्त

हरिपुर–उद्यम विकास सहजकर्ता संघ सर्लाहीको अध्यक्षमा श्याम कुमार बिश्वकर्मा चयन भएका छन् ।

शनिवार हरिपुर नगरपालिका–१, जानकीनगरमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले बिश्वकर्माको अध्यक्षतामा ९ सदस्य जिल्ला कार्य समिति चयन गरेको हो । केन्द्रिय सदस्य आरती चौधरीको अध्यक्षतामा संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको संघले जनाएको हो ।

सभाले संघको जिल्ला कार्यसमिति उपाध्यक्षमा देवीमाया बिश्वकर्मा, सचिवमा विकास पासवान, कोषाध्यक्षमा राम ईश्वर दाश र सदस्यहरुमा पप्पु कुमार कुमार साह, जुना बिश्वकर्मा, अनिल चौधरी, रमेश घिमिरे र रामदरेश महतोलाई चयन गरेको हो ।

यस्तै संस्थाको सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष चैन किशोर राउतको संम्योजकत्वमा तिन सदस्य चयन गरेकाछ । सदस्यहरुमा समिर सुवेदी र अनिता चौधरीलाई चयन गरेको छ । यस्तै लेखा समिति संयोजकमा रामईश्वर दाश, सदस्यहरुमा रितेश यादव र चुनचुन बाबु ठाकुरलाई चयन गरेको संघका निवर्तमान राउतले जानकारी दिए ।

सभामा पुर्व महासचिव मनोज कुमार साह, सल्लाहकार श्याम बिश्वकर्मा, रमेश कुमार घिमिरे, समिर सुवेदी लगाएतको आतिथ्यता रहेको थियो । संघको गत आर्थिक बर्षको आयव्याय तथा आगामी आर्थिक बर्षको कार्य योजना समेत सभा समक्ष प्रस्तुत गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles