Monday, December 2, 2024

हरिपुर्वा नगरपालिकाका कर्मचारीद्वारा सेवा ठप्प पार्ने चेतावनी

ताजा / भरखरै प्राप्त

हरिपुर्वा–सर्लाहीको हरिपूर्वा नगरपालिका मातहतका कर्मचारीहरुले अनिश्चित कालका लागि सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

बिहिवार प्रेस बिज्ञप्ती सार्वजनिक गर्दै नगर मातहतका कर्मचारीहरुले तलव भत्ता नपाएको भन्दै सेवा बन्द गर्ने चेतावनी दिएका हुन् । चालु आर्थिक बर्षको लागि नगर सभा हुन नसकेका कारण यस पालिका मातहतका कर्मचारी, शिक्षक शिक्षिकाहरुले गत श्रावण देखी तलव भत्ता पाएका छैन्न । लामो समय देखी तलव भत्ता नपाएका कारण घर ब्यवहार लथालिंग हुदै गएको उनीहरुको गुनासो छ ।

बजेट सार्वजनिक नगरेका कारण आर्थिक बर्षको ६ महिना बितिसक्दा पनि यस पालिकाको खाता संचालन हुन सकेको छैन् । नगरपालिकाको आर्थिक गतिविधि ठप्प भएका कारण कार्यलय संचालनमा समेत समस्या भएको कर्मचारीहरुले बताए । पालिको नगर कार्यलय, वठा कार्यलय, स्वास्थ्य संस्था तथा बिद्यालयहरु संचालनमा समेत चरम आर्थिक संकट भईरहेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

नगरपालिका अन्तरग सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु समेत अत्यन्त संकटमा रहेका उनीहरुको भनाई छ । यस नगरपालिकामा मातहतमा २ सय बढि कर्मचारी कार्यरत रहेका छन् । उनीहरुले माघ २८ गते आइतबार देखी आकस्मिक काम बाहेक सम्पुर्ण सेवा ठप्प पार्ने जनाएका हुन् । उनीहरुका अनुसार आईतवारबाट वठा कार्यलय, स्वास्थ्यचौकी, आयुर्वेद शाखा, लगाएतमा अनिश्चित कालका लागि तालाबन्दी गरिने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles