Tuesday, April 16, 2024

सुर्यनगर गोल्डकपको उपाधि राईटलेन बागमतीको पोल्टामा

ताजा / भरखरै प्राप्त

बागमती–आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि राईट लेन एजुकेसन बागमती युवा क्लब, सर्लाहीले उचालेको छ ।

बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा भएको रोमाञ्चक फाइनल भिडन्तमा विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौंलाई शून्यका विरुद्ध १ गोलले हराउँदै राईट लेन बागमतीले उपाधि कब्जा गरेको हो । बागमतीका लागि अभि लामाले गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतियोगिताको बिजेता बनेको राईट लेन बागमतीले उपाधि सहित नगद ५ लाख हात पार्यो । भने, पराजय सगैँ उपविजेतामा चित्त बुझाएको पुलिसले ३ लाख प्राप्त गर्यो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई बर्दघाट नगरपालिका, नवलपरासीका नगर प्रमुख शम्भुलाल श्रेष्ठले पुरस्कार राशी, शिल्ड र मेडल हस्तान्तरण गरे । राईट लेन ऐजुकेशन बागमती यूवा क्लबका महासचिव सागर मैनाली र सचिव कुमार प्रधानले जितले आफुहरुलाई थप उत्साहित बनाएको प्रतिकृया दिए । मोफसलको अनेकन अभावका विच खेलाडिहरुको कडा मेहनतले जित सम्भव भएको उनीहरुको भनाई थियो ।

विभागिय जस्तो प्रतिष्ठित टोलीलाई हराउदै उपाधि जित्नु आफुहरुको लागि ठुलो उपलब्दी भएको सचिव प्रधानको भनाई थियो । श्री नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगर नवलपरासीको आयोजनामा गत माघ २९ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles