Monday, December 2, 2024

सर्लाही एम्बिसनले १५ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस मनायो

ताजा / भरखरै प्राप्त

राजु तामाङ, हरिवन–सर्लाही एम्बिसन एकेडेमी बोर्डिङ स्कुलले आफनो १५ औं स्थापना तथा अभिभावक दिवस मनाएको छ ।

बिद्यालयले शुक्रवार हरिवन नगरपालिका–१०, नयाँरोड स्थित बिध्यालय प्रांगणमा आयोजित भब्य कार्यक्रमका विच स्थापना तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको प्रमुख अतिथि हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले दिप प्रज्वलन तथा केक काटेर उद्घाटन गरेका थिए ।

दिवसको अवसरमा विद्यालयले विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको बिद्यालयले जनाएको हो । सोही कार्यक्रम मार्फत विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुको लेख रचनाहरु समेटिएको सृजनाका लहरहरु भाग–२ नाम दिईएको पुस्तक समेत विमोचन गरिएको थियो । पुस्तकको हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानले विमोचन गरिन् ।

कार्यक्रममा गायन प्रतियोगिता समेत आयोजना गरिएको प्रधानाध्यापक सुरेश पाख्रिनले जानकारी दिए । प्रतियोगितामा माध्यमिक तर्फ देवराज सिङ्तान प्रथम र योन्तेन लामा दोस्रो भएका छन । भने, प्राथमिक तर्फ युगासा स्याङ्तान प्रथम र प्रिन्स पाख्रिन दोस्रो भए । गायन प्रतियोगिताको निर्णायकमा तेज नारायण आले र वासुदेव वाग्ले रहेका थिए ।

दिवसको अवसरमा बिद्यालय प्रांगणमा छात्रछात्राहरुले विज्ञान परियोजना कार्य, विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, लगायत शैक्षिक प्रदर्शनीहरु समेत गरेका थिए । शैक्षिक प्रदर्शनको उपस्थित अभिभावक लगाएतले अबलोकन गरे । कार्यक्रममा विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा लेसी वाईबाले कोरेको चित्र नगर प्रमुख बुडाथोकीलाई हस्तान्तरण गरिएको थियो ।

विद्यालयका संस्थापक प्रधानाध्यापक सुरेश पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा हरिवन नगरपालिका–८, का वडाध्यक्ष प्रज्वल ढुंगाना, १० का कार्यबाहक वडाध्यक्ष अन्जना शिवाकोटी, शिक्षक बद्रि स्याङ्तान, विष्णु राई, विनोद साह, सुबोध मण्डल, भोला घिमिरे, भिम मगर लगायतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles