Saturday, May 18, 2024

सर्लाहीबाट ठुलो परिमाणमा नक्कली नोट सहित दुई जना पक्राउ

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाही प्रहरीले हरिवनबाट ठुलो मात्रामा नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।

बिहिवार हरिवन नगरपालिका–११, स्थित पुर्व पश्चिम राजमार्गबाट प्रहरीले नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको हो । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको दुईवटा मोटरसाईकल शंका लागेर चेक जाँच गर्ने क्रममा ठुलो परिमाणमा नक्कली नोट जस्तै देखीने एक हजारको बण्डल बरामद भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।

उनीहरुको साथबाट बरामद बण्डलको दुई तर्फ नक्कली नोट र विचमा बिस्कीट तथा कागजको टुक्रा राखेको पाहिएको प्रहरीले जनाएको हो । नक्कली नोटलाई समेत बिचमा कागजको टुक्रा खादेर पुरा देखाउने प्रयास गरिएको प्रहरीको अनुमान छ । उक्त नक्कली नोट के प्रयोजनका लागि ल्याईएको हो ? भन्ने एकिन हुन सकेको छैन् ।

पक्राउ परेका ब्यक्तिको साथबाट लागु औषध गाँजा समेत बरामद भएको प्रहरी श्रोतले जनाएको हो । घटनाको बिषयमा थप जानकारी आउन बाँकी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles