सर्लाही—समाचारको बिषयमा पत्रकारलाई अंगभंग पार्ने धम्की दिएको भन्दै प्रेस सेन्टर नेपाल सर्लाही शाखाले आपत्ती जनाएको छ ।
बिहिवार एक प्रेस बिज्ञप्ती प्रकाशित गरी प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले घटना प्रति आपत्ति जनाएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्र कुमार सिंहलाई भ्रष्टाचार मुद्धामा सर्बोच्च अदालतले समेत दोषी ठहर गरेको बिषयमा बुधवार धडकन एफएफ डटकम अनलाईबाट समाचार सम्प्रेसण भएको थियो ।
सोही बिषयमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहका स्वकिय सचिवले धडकन एफएम र धडकन अनलाईका संचालक समेत रहेका शिब कुमार महतोको मोवायलमा सम्पर्क गरी गालि गलौज गर्नुका साथै अंगभंग गरिदिने धम्की दिएका थिए ।
सोही घटनालाई लिएर प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । जारी विज्ञप्तीमा भनिएको छ, समाचार लेखेकै बिषयलाई लिएर गाली गलौज तथा अंगभंग गर्ने र ज्यान मार्ने सम्मको धम्की दिनु लोकतान्त्रिक शासन ब्यवस्थामा प्रेस स्वतन्त्रता बिराधी कार्य हो । यस प्रति प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको गम्भिर ध्यानाकर्षण भएको छ ।
प्रेस सेन्टर नेपालले घटना प्रति खेद समेत प्रकट गरेको छ । भने, आगामि दिनमा पत्रकारलाई स्वतन्त्रता पुर्वक, भएरहित र सुरक्षित रुपमा कलम चलाउने वातावरण माथि आँच आउन नदिन र प्रेस स्वतन्त्रताको पुर्ण सम्मान गर्न समेत प्रेस सेन्टर नेपालले सबैमा अपिल समत गरेको छ ।
साथै विज्ञप्ती मार्फत घटनामा संलग्नहरु माथि आवश्यक कार्वाही र पत्रकार महतोको सुरक्षा प्रति संवेदनशील बन्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आग्रह समेत गरिएको छ ।