Friday, January 24, 2025

शहिद वाग्लेको तेस्रो स्मृती दिवस बागमतीमा मनाईयो

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बगमतीमा एक कार्यक्रमका विच शहिद डाचाराज वाग्लेको तेस्रो स्मृती दिवस मनाईएको छ ।

आईतवार बागमती नगरपालिका–४, पालिकाको सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गरी दिवस मनाईएको हो । दिवसको अवसरमा शहिद वाग्लेको तस्विरमा अविर तथा फुलमाला सहित श्रद्धाञ्जली अर्पण गरिएको थियो । दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य लुमणी धिमालको प्रमुख आतिथ्यतामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

नेकपा माओवादी केन्द्र बागमती नगर कमिटिको आयोजनामा सम्पन्न श्रद्धाञ्जली सभाका बक्ताहरुले शहिद वाग्लेको योगदानको चर्चा गरेरका थिए । उहाँले चालेका कदम अनुसार समाज रुपान्तरणको लागि पहल गरेमात्र शहिद वाग्ले प्रति सच्चा श्रद्धाञ्जली ब्यक्त हुने कार्यक्रमका प्रमुख अतिथि धिमालको तर्क थियो । जिवनको अन्तिम घडी सम्म समाजको हितका निमित्त लागिपरेका शहिद वाग्ले पार्टीका सच्चा योद्धा रहेको उन्को भनाई थियो ।

नेकपा माओवादी केन्द्र बागमती नगर कमिटि अध्यक्ष चित्र बहादुर तुम्सिङको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा नेकपा माओवादी केन्द्र प्रदेश सचेतक जवाहरलाल कुशवाहको विशिष्ठ आतिथ्यता रहेको थियो । भने, पार्टीको हरिपुर नगर उपाध्यक्ष सरस्वती मिश्र, हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी (कमल), बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिला कुमारी मोक्तान लगाएतको आतिथ्यता रहेको थियो ।

यस्तै वाईसिएल पुर्व प्रदेश कमिटि अध्यक्ष शन्देश श्रेष्ठ, पार्टीको हरिवन नगरकमिटि अध्यक्ष अजुर्न पन्त, नेता टिका दर्लामी, सुमन थापा, सुनिल बुढाथोकी, समिर बराईली, गौरी महतो लगाएतको आतिथ्यता रहेको कार्यक्रम संचालक नेकपा माओवादी केन्द्र बागमती नगर कमिटि सचिव हरि खड्काले जानकारी दिए । शहिद वाग्लेको रहस्यमयी दुर्घटनाको बिषयमा थप अनुसन्धान हुनु पर्ने समेत बक्ताहरुको बताए ।

तत्कालिन नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज समेत रहेका स्वर्गिय नेता डाचाराज वाग्लेको रहस्यमयी सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । तत्कालिन प्रतिगमन बिरुद्धको आन्दोलनमा रहेका उनी बरहथवा बजारमा भएको राकेजुलुस सकेर पुर्व पश्चिम राजमार्ग तर्फ आउदै गर्दा उहाँ सवार मोटरसाईकल नयारोड–बरहथवा सडक खण्ड अन्तरगत मुर्तिया जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

घटनाको पार्टी, सिआईबी र प्रहरी टोलीले समेत अनुसन्धान गरेको भएपनि चित्तबुझदो एकिन कारण खुल्न पत्ता लाग्न नसेको पार्टी तथा परिवारजनले बताएका छन् । उहाँलाई केही समय पहिलामात्र सरकारले शहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles