बागमती–आज विद्याकी देवी सरस्वतीको पूजा गरी श्रीपञ्चमी मनाइँदैछ ।
हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थी लगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतिकका रूपमा पूजा आरधना गर्ने गर्छन् ।
जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुले समेत आज औपचारिक कार्यक्रमको आयोजना गरेर श्रीपञ्चमी मनाउदै छन् । श्रीपञ्चमीको अवसरमा सरस्वतीको पुजा आरधना गर्न बिहानै देखी जिल्लाका विभिन्न शैक्षिक संघ संस्थाहरुमा बिध्यार्थीहरुको लाम लागेको छ । बिषेस गरेर आजको दिनमा बिध्यार्थीहरुले सरस्वतीको पुजा आरधना गर्ने गर्दछन् ।
सरस्वती पुजाका लागि उनीहरुले केही दिन पहिला देखीनै बिध्यालय परिसरमा सरसफाई गर्ने, धजापतका टाग्ने, बिद्यालय प्रांगणमा रहेको विभिन्न बिद्यालयले सास्कृतिक कार्यक्रमको आयोजना गरेर समेत श्रीपञ्चमी मनाउने तयारी गरेको बताएका छन् । सरस्वती मुन्दिरको सरसफाई गर्ने लगाएतका कार्य गर्ने चलन छ । आजकै दिनबाट सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा बिहानैदेखि पूजा गर्न भक्तजन, विद्यार्थीको घुइँचो छ ।
यस्तै, वसन्त पञ्चमीको अवसरमा मिथिलाञ्चलका किसानले हलो र गोरुको पूजा गर्दैछन् । आजका दिन तराई मधेश तथा सम्पूर्ण मिथिलाञ्चलभरका किसानका लागि पर्व र ठूलो मेलाको दिन मानिन्छ ।