Monday, December 2, 2024

रामनगरमा नमुना युवा संसद अभ्यास प्रशिक्षण

ताजा / भरखरै प्राप्त

रामनगर–सर्लाहीको रामनगर गाउँपालिकामा नमूना युवा संसद अभ्यास सम्बन्धी चार दिने प्रशिक्षण सुरु भएको छ ।

बुधवारबाट रामनगर गाउँपालिकाको सभाहलमा नमूना युवा संसद अभ्यास सम्बन्धी प्रशिक्षणसुरु भएको हो । प्रशिक्षणको गाउँपालिका अध्यक्ष राजाबाबु यादवले उद्घाटन गरे । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा तथा शिक्षा युवा तथा खेलकुद शाखा रामनगरको आयोजनामा नमूना युवा संसद अभ्यास सुरु भएको हो ।

स्थानिय यूवाहरुको सहभागितामा प्रशिक्षण कार्यक्रम सुरु भएको शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख फेफु राय यादवले जानकारी दिए । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले यस कार्यक्रमले युवाहरुलाई सामाजिक राजनीतिक र आर्थिक रुपले थप उर्जाशील र गतिशिल बन्न प्रेरित गर्ने बताए ।

‘नमूना युवा संसद कार्यक्रम अभ्यास कार्यक्रम यस वर्षदेखि गाउँपालिकामा सुरु गरिएको छ’ उनले भने, ‘यस कार्यक्रमबाट यूवाहरुले मुलुक सञ्चालन विभिबारे जानकारी पाउने छन् ।’ देश विकास र समृद्धिमा युवा मेरुदण्ड भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष यादवले सबै क्षेत्रमा सहकार्य र समन्वय आवश्यक रहेको बताए ।

उदघाटन कार्यक्रममा वडा नम्बर–१, का वडा अध्यक्ष ब्रहम देव चौधरी, वडा नम्बर–२, का वडा अध्यक्ष सदानन्द यादव, वडा नम्बर–३, का वडा अध्यक्ष अजय यादव, वडा नम्बर–४, का वडा अध्यक्ष बिरेन्द्र ठाकुर, वडा नम्बर–५, का वडाध्यक्ष श्रीनन्दन प्र. यादव लगायतको सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles