Tuesday, April 16, 2024

राईट लेन बागमती सुर्यनगर गाेल्डकपकाे र्समिफाइनलमा प्रवेश

ताजा / भरखरै प्राप्त

बागमती-राईट लेन एजुकेशन बागमती युवा क्लब, सर्लाही जारी आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकाे छ

बिहीबार बर्दियाकाे सुर्यनगरमा रंगशालामा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा बागमतीले बिरगंज युनाइटेडलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा बागमतीका अभि लामा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन ४ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल नेपाल पुलिस फुटबल क्लब र नवलपरासी–११ बीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।

श्री नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।

आठ वटा टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles