Wednesday, April 17, 2024

राईट लेन बागमती पथरीलाई पराजित गर्दै सेमिफाइनलमा

ताजा / भरखरै प्राप्त

बागमती–मोरङको पथरी फुटबल क्लबलाई पराजित गर्दै राईट लेन ऐजुकेसन एकेडेमी वागमती युवा क्लब सर्लाही पाँचथरमा जारी पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटर फाईन खेलमा मोरङलाई टाइब्रेकरमा पराजित गर्दै राईट लेन वागमती युवा क्लबले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिए पछि । खेल ट्राईब्रेकरमा गएको थियो । टाइब्रेकरमा ट्राइबेकरमा राईट लेन वागमतीले पथरीलाई ४–१ गोल अन्तरले हराएको हो ।

वागमतीका लागि निर्मल बल, अनिल राना मगर, अभि लामा र देव गुरुङले गोल गरे । भने, पथरीका लागि निरोज परियारले मात्रै गोल गर्न सकेका थिए । ट्राईब्रेकरमा अत्यन्त उत्कृष्ठ खेल प्रदर्शन गरेका राईट लेन बागमतीका गोल रक्षक रौनक चौंलागाई म्यान अफ दि म्याच घोषित भए ।

फिदिम माध्यामिक विद्यालयको खेल भइरहेको चौथो संस्करणको पाँचथर गोल्डप फुटवल प्रतियोगितामा नेपाल र भारतका ८ टिम समेत सहभागी छन् । यस राईट लेन ऐजुकेसन एकेडेमी बागमती यूवा क्लवले यस सिजनमात्र मोफसलमा भएका तिन वटा प्रतियोगिताको उपाधि जितिसकेको छ ।

यस पहिला बसाहा गोल्ड कप, ठोरी गोल्ड कप र सुर्यनगर गोल्ड कपको उपाधि चुमेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles