गोडैता–सर्लाहीको गोडैता नगरपालिका स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको ज्यान गएको छ । भने, दुई जना गंम्भिर घाईते भएका छन् ।
शनिवार गोडैता नगरपालिका–८, स्थित भित्री सडक खण्डमा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका एक बृद्धको ज्यान गएको हो । मधेश प्रदेश ०२–००७ प १२३० नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका पैदल यात्री चक्रघट्ट गाउँपालिका–९, खोरिया बस्ने ५० बर्षका नागेन्द्र रायको उपचारको क्रममा ज्यान गएको हो ।
दुर्घटना लगतै घाईते रायलाई प्रदेशिक अस्पताल मलंगवा पुर्याईएको थियो । लगतै चिकित्सकले मृत घोषण गरेका प्रहरीले जनाएको हो । घटना घाईते अर्का पैदल यात्री सोही स्थानका ४५ बर्षिय पंचलाल यादव समेत घाईते भएका छन् । उन्को शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको हो ।
दुघटनामा मोटरसाईकल चालक गोडैता नगरपालिका–६, निवासी २३ बर्षका श्याम राय यादव समेत गम्भिर घाईते भएका पहरीले जनाएको छ । उन्को टाउको लगाएत शरिरका विभिन्न भागमा चोट लागेको हो । उन्को समेत प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । घाटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।