Saturday, May 18, 2024

बालगंगा जनता बन समुहको अध्यक्षमा मैनाली चयन

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित बालगंगा जनता सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा सिताराम मैनाली चयन भएका छन् ।

सोमबार हरिवन नगरपालिका–६, चारलिक स्थित बनको सभाहलमा भएको २६ औँ साधारण सभाले मैनालीको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन गरेको हो । संस्थाको साधारण सभा सामुदायिक बन उपभोक्ता महासंघ सर्लाहीका जिल्ला अध्यक्ष सिताराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सभाले समुहको आगामी तिन बर्षको लागि उपाध्यक्षमा सिता खातुन, सचिवमा गोविन्द जर्गामगर, कोषाध्यक्षमा सावित्रा मैनाली र सदस्यहरुमा बाशुदेव सिग्देल, अम्बिका मैनाली, सरिता भुर्तेल, गंगा लामा, लक्ष्मि अधिकारी, निर्मला बिश्वकर्मा र रुदल ब्लोनलाई सर्वसहमतीले चयन गरेको हो ।

साधारण सभाको अवसरमा संस्थाको गत आर्थिक बर्षको आयव्याय लगाएतका प्रतिबेदन समेत सभा समक्ष प्रस्तुत गरिएको थियो । कार्यक्रममा महासंघ जिल्ला समितिका उपाध्यक्ष पल्र्हाद बुढाथोकी, सब डिभिजन बन कार्यलय जानकी नगरका प्रतिनिधि, हरिवन नगरपालिकाको सहायक बन अधिकृत सुवास कुशवाह लगाएतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles