Monday, December 2, 2024

बागमतीमा १० हजार ४६६ बालबालिकालाई खोप लगाईने

ताजा / भरखरै प्राप्त

बागमती– राष्ट्रिय अभियान अन्तरगत सर्लाहीको बागमतीमा १० हजार ४ सय ६६ जना बालबालिकालाई दादुरा र रुबेला बिरुद्धको खोप लगाईने भएको छ ।

सोमबार बागमती नगरपालिकामा रहेको ९ महिना देखी १५ बर्ष सम्म उमेर समुहका १० हजार ४६६ बालबालिकाहरुलाई खोप लगाईने नगर स्वास्थ्य शाखाले जनाएको हो । बिहिवारबाट सुरुहुन लागेको खोप अभियानको बिषयमा सोमबार नगरपालिकाको सभाहलमा नगर स्तरिय खोप समन्वय समितिको बैठक समेत सम्पन्न गरिएको छ ।

नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानको अध्यक्षतामा बैठक बसेको नगर स्वास्थ्य शाखा संयोजक पदम बहादुर रायमाझीले जानकारी दिए । अभियान अन्तरगत १६ गते देखी २२ गते सम्म नगरपालिकाको १२ वटै वडाका बिध्यालय, स्वास्थ्य संस्था, नियमित संचालन भईरहेका खोप केन्द्र लगाएतका स्थानमा स्वास्थ्यकर्मीहरुको उपस्थितीमा खोप लगाईने छ ।

यो खोप बालबालिकाहरुको लागि अत्यन्त महत्वपुर्ण भएकाले आफ्ना बालबालिकाहरुलाई अनिवार्य रुपमा लगाउन स्वास्थ्य शाखाले अनुरोध समेत गरेको छ । खोप संचालनको बिषयमा भएको बैठकमा नगरपालिका अन्तरगतका १२ वटै वडाका वडाध्यक्ष, प्रतिनिधि, क्लवका पदाधिकारीहरु, पत्रकार लगाएतको सहभागिता रहेको बागमती स्वास्थ्य शाखाले जनाएको हो ।

अभियानको क्रममा ज्वोरो आएका, क्यान्सर जन्य रोगको उपचार गराई रहेका बालबालिका बाहेक सबैले खोप लगाउने मिल्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles