बागमती–बागमतीमा आसन्न मञ्जुश्री सम्वत २८६० औँ सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
आईतवार बागमती नगरपालिका–१२, स्थित साम्तेन देछेन छ्योईखोर्लिङ गुम्मा प्रांगणमा २८६० औँ सोनाम ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम बागमती नगरपालिकाकी उपमेयर लिला कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
नेपाल तामाङ घेदुङ बागमती नगरपालिका–१२, नम्बर वडा समितिको आयोजनामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि सगँ परिचयात्मक भेटघाट, चियापान तथा शुभकामना आदान प्रदान गरिएको हो । यसरी तामाङ समुदायको भेष भुषा र भाषा संस्कृतीको संरक्षणको लागि सबैले आ–आफ्नो तहबाट लागिपर्नु पर्ने कार्यक्रमका बक्ताहरुको धारणा रहेको थियो ।
नेपाल तामाङ घेदुङ बागमती १२ नम्बर वडा समितिका अध्यक्ष गोपाल दोर्जे घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती नगरपालिका–१२, का वडाध्यक्ष ओम बहादुर श्रेष्ठ, वडा सदस्य जितेन्द्र दाश, नेपाल तामाङ घेदुङको बागमती नगर समिति अध्यक्ष जय गोले, साम्तेन देछेन छ्योर्खोलिङ गुम्बा ब्यवस्थापन समिति अध्यक्ष सन्त बहादुर थोकर, नव जनजागर माध्यामिक बिद्यालय बागमतीका सह–प्रधानाध्यापक धर्मलाल गोले लगाएतको आतिथ्यता रहेको थियो ।
यस्तै सेफ ईङलिस स्कुलका फउण्डर दिल बहादुर फुयाल, शिक्षक राजिव मिश्र, रोशन दोङ लगाएतको आतिथ्यता रहेको कार्यक्रम संचालक चन्द्र बहादुर जिम्बाले जानकारी दिए ।