Tuesday, April 16, 2024

बरहथवाको एक फेन्सी स्टोरमा आगलागी

ताजा / भरखरै प्राप्त

जितेन्द्र कुशवाहा–सर्लाहीको बरहथवा बजारमा रहेको जयसवाल फेन्सी स्टोरमा आगलागी भएको छ ।

बिहीबार साझ ७ बजेको समयमा विद्युत सर्ट भएर बरहथवा नगरपालिका–५, मिठा बजार जाने बटोमा रहेको जयसवाल फेन्सी स्टोरमा आगलागी भएको हो । आगलागीबाट स्टोरमा रहेको झण्डै ९० लाख बराबरको कपडा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको छ ।

उक्त कपडा पसल मलंगवा नगरपालिका–७, बस्ने रबिन्द्र कुमार चौधरीले संचालन गरेका थिए । आगलागीबाट पसल सञ्चालन भएको स्थानीय सरिता श्रेष्ठको घरमा समेत क्षती पुगेको छ । आगो स्थानीय व्यापारी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको व्यापारी मनिस बैठाले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles